बेलायती सरकारको नयाँ नीति, सीप नहुने कामदारले भिसा नपाउने

फागुन ७, एजेन्सी । बेलायती सरकारले सार्वजनिक गरेको नयाँ आप्रवसन योजनामा न्यून दक्षता भएका कामदारलाई भिसा नदिने बताएको छ। 

उक्त योजनामा बेलायतका रोजगारदाताहरूलाई सस्तो श्रममा आश्रित नहुन र आफ्ना कर्मचारीलाई टिकाइ राख्नका लागि आवश्यक लगानी गर्न र स्वचालित प्रविधि विकासित गर्न भनिएको छ। 

डिसेम्बर ३१ मा यूके र युरोपेली युनियनबीच खुला आवतजावतको व्यवस्थाको अन्त्यपछि युरोप र अन्यत्रका नागरिकहरूलाई समान व्यवहार गरिने गृह मन्त्रालयले जनाएको छ। 

प्रतिपक्षी लेबर पार्टीले भने यस्तो ूअसहज वातावरणूले कामदारहरूलाई आकर्षण गर्न गार्‍हो हुने बताएको छ। 

तर गृहमन्त्री प्रिती पटेलले भने नयाँ व्यवस्थाले यूकेमा प्रतिभाशाली र उत्कृष्टहरू भने आउन सक्ने बताएकी छन्। बेलायत आउने आप्रवासीको सङ्ख्या घटाउन चाहेको बेलायती सरकारले आप्रवान व्यवस्थामा अङ्क प्रणाली लागु गर्न चाहेको छ। 

यस अन्तर्गत यूके आउन चाहने विदेशी नागरिकहरूले अङ्ग्रेजी भाषा बोल्नुपर्ने र उनीहरूलाई स्वीकृतिप्राप्त रोजगारदाताले सिपयुक्त जागीरको प्रस्ताव गरेको हुनुपर्ने छ। 

त्यस्तो मापदण्ड भित्र पर्ने विदेशी कामदारले ५० अङ्कले प्राप्त गर्नेछन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *