३३ किलो गाँजासहित एक भारतीय पक्राउ
मकालु खबर
२०७६ फागुन ४ गते
फागुन ४, काठमाडौं । ३३ किलो गाँजासहित एक भारतीय पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले कारमा लुकाएर तस्करी गर्न लागिएको अवस्थामा हेटौँडा–१९ बाट ३३ किलो गाँजासहित गएराति एक भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत पश्चिम चम्पारण बेतिया गौरीकोटका ४० वर्षीय भगवान यादव रहेका छन् । यादवले चलाएको जेएच०९ ए८३६१ नम्बरको भारतीय कारबाट उक्त गाँजासहित यादवलाई पक्राउ गरिएको हो।
मकालु खबर
२०७६ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित