यौन शक्ति बढाउने भन्दै चिनियाँ युवकले जिउँदो भ्यागुतो खाएपछी… (भिडियो सहित)

फागुन ७, काठमाडाैँ ।  संसारभरीका ७५ हजार १ सय ९६ व्यक्ति कोरोना भाइरसले संक्रमित भएका छन् । यीमध्ये ७४ हजार १ सय ८५ व्यक्ति त चीनमा मात्रै छन् । यो घातक भाइरसकाकारण अहिलेसम्म २ हजार ९ को मृत्यु भइसकेको छ । यीमध्ये चीनमा २ हजार ४ व्यक्ति छन् ।  

कोरोना भाइरस फैलनुमा  चिनियाँको खान्कीलाई दोष दिइएको छ । अब एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा एक चिनियाँ नागरिक खुल्ला बजारमा एउटा जिउँदो भ्यागुतो खाइरहेको देखिएका छन् । 

कोरोना भाइरस कसरी फैलियो भन्नेबारे केही पत्ता लाग्न नसकेको अवस्थामा चिनियाँ युवकको यस्तो व्यवहारले मानिसहरु विचलित छन् । वैज्ञानिक र स्वास्थ्य विज्ञले यो भाइरस चमेरोबाट फैलियो वा सर्प वा कुनै जनावरबाट मानिसमा सरेको हो भन्ने प्रमाण खोजिरहेका छन् । 

सार्वजनिक भएको भिडियो अनुसार सुरुमा ती युवकले भ्यागुतोको टाउकोलाई दाँतले टोके त्यसपछि भ्यागुताको दिमाग निकालेर खाए । चीनमा विदेश मन्त्रालयका स्वास्थ्य विशेषज्ञ यानझांग हुआंगले चीनमा जीवित जनावर खानु एउटा परम्परा नै भएको बताए । उनले भ्यागुता खाँदा यौन शक्ति वृद्धि हुने पनि बताए । 

चीनमा यस्ता जीव जनावरलाई विभिन्न बजारबाटै खरिद गर्न सकिन्छ । यानझांग हुआंगका भने, ‘हामीले सोसल मिडियामा भाइरल भएको यो भिडियोको अनुसन्धान गरेका छौं र यो सन् २०१६ को भिडियो भएको पत्ता लागेको छ ।’ 

भिडियोमा देखिए अनुसार ती व्यक्तिले भ्यागुतालाई सुरुमा टाउकोमा टोक्छन् र हातले भ्यागुताको छालालाई सर्लक्कै मुनिसम्म च्यातिदिन्छन् । त्यसपछि उनले क्यामराको अगाडि भ्यागुताको दिमाग निकालेर खान्छन् । ती युवकले लाइभस्ट्रिम भिडियोमा विभिन्न जनावर खाएको भिडियो पोष्ट गरेर चर्चा बटुल्ने गरेको बुझिएको छ । 

सोसल मिडियामा उक्त भिडियो भाइरल भएपछि हज्जारौं कमेन्ट आइरहेका छन् । एक सोसल मिडिया प्रयोगकर्ताले चीनमा यसकारण पनि कोरोना भाइरस फैलिएको बताएका छन् । एजेन्सी 

https://youtu.be/lsxeIa1HmYU 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *