कंकाली वनको अध्यक्षमा कांग्रेसका न्यौपाने विजयी,अन्य पदमा नेकपामा उम्मेदवारको जित

फागुन १०, चितवन । निकै चासोको साथ हेरिएको कंकाली सामुदायिक वनको चुनावमा अध्यक्षमा नेपाली कांग्रेस निकटका राममणी न्यौपाने विजयी भएका छन् । तर, वाँकी अरु पदमा नेकपाका उम्मेदवारले जित हात पारेका छन् ।   

अध्यक्षमा निर्वाचित न्यौपानेले उनका प्रत्यासी नेकपा निकटका रामेश्वर पोखरेललाई २६ मतले पराजित गरे । न्यौपानेले कुल खसेको मत मध्ये ८ सय ५३ मत प्राप्त गरे । पोखरेलले ८ सय २७ मत प्राप्त गरे । कार्यसमितिको पदाधिकारी र लेखा समितिमा भने नेकपाका उम्मेदवार विजयी भए ।   

न्यौपाने यसअघि कंकाली वनको दुई पटक अध्यक्ष भईसकेका थिए । वरिष्ठ उपाध्यक्षमा नेकपाका युवराज थापा ८ सय ३६ मत, उपाध्यक्षमा दलवहादुर बस्नेत ८ सय ८६ मत, सचिवमा लक्ष्मी थापा ८ सय ४५ मत, कोषाध्यक्षमा कृष्ण बहादुर बस्नेत ९ सय ८ मत र सहसचिवमा रामहरी अर्यालले ८ सय ६४ मत प्राप्त गरे ।   

लेखा समिति संयोजकमा रामकृष्ण खतिवडाले ८ सय २४ मत तथा सदस्यहरु श्याम कार्कीले ८ सय ३६ र अर्जुनकुमार सापकोटाले ८ सय ४३ मत प्राप्त गरे । निर्वाचनमा १ हजार ७ सय ५१ मत खसेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *