ललिता निवास जग्गा प्रकरणमा गच्छदार र बस्न्यातसहित एक सय बढीविरुद्ध विशेष अदालतमा मुद्दा दायर हुँदै

माघ २२, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नमाथि कारबाहीको माग गर्दै मुद्दा दायर गर्न विशेष अदालत पुगेको छ । 

जग्गा प्रकरणमा संलग्न भएकाहरुको मुद्दा लिएर अख्तियार विशेष अदाल पुगेको हो ।   

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले अख्तियारको आरोपपत्र अदालत आइपुगेको बताए ।   

सयौँ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार, अख्तियारकै पूर्वप्रमुख दीप कुमार बस्न्यात, छविराज पन्‍त र डम्बर श्रेष्ठसहित सय भन्दा बढीविरुद्ध आरोपपत्र दायर गर्ने निर्णय गरेको अख्तियार स्रोतले बताएको छ । 

सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भनी फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गर्न लागेको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *