चीनमा रहेका नेपालीको उद्धार गर्न २ जहाज तयारी अवस्थामा : पर्यटनमन्त्री भट्टराई

माघ १८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चीनमा रहेका नेपालीको उदार गर्न तयारी गरिएको बताएका छन् ।  

शनिबार पर्यटनबोर्डमा कोरोना भाइरसले पर्यटन क्षेत्रमा परेको असरका बारेमा भएको छलफलमा बोल्दै मन्त्री भट्टराईले चीनमा रहेका नेपालीहरुको उद्धार गर्न दुई जहाज तयारी अवस्थामा रहेको बताएका हुन् । 

मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न २ वटा जहाज तयारी अवस्थामा रहेको जानकारी दिँदै पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावससँग प्रभावित क्षेत्रका विषयमा जानकारी लिइरहेको बताए । उनले अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको पनि बताए। 

null

‘आवश्यक पर्‍यो भने २ वटा जहाज नेपाल एयरलाइन्स र हिलमालय एयरलाइन्स तयारी अवस्थामा छन् उनले भने, दुवै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहनु भनेको छु, कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ’ 

चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमामात्रै १९० जना नेपाली विद्यार्थी अध्ययनरत छन्।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *