वेस्टर्न युनियनको उपभोक्ता पवर्द्धन अफर अन्तर्गतको बम्पर लक्की ड्र विजेता घोषणा

माघ २६, काठमाडौं । वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी कारोबार र भुक्तानीको अग्रणीले नेपालमा उपभोक्ता पवर्द्धन  योजना अन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ ।   

महेन्द्र कुमार लामालाई एक कार्यक्रमकाबीच माघ ५ गते विजेता घोषणा गरी रु १० लाख प्रदान गरिएको हो । 

यो अफर दशैं, तिहार र छठ पर्वको अवसरमा सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो ।   

null

जसमा ग्राहकहरुले हरेक हप्ता आफूले प्राप्त गरेको रकमको दोब्बर जित्ने अवसर पाएका थिए । पवर्द्धन अवधिभरका सम्पूर्ण योग्य कारोबारहरु लाई स्वाचालित रुपमा बम्पर लक्की ड्र मा समावेश गरिएको थियो । 

यो पवर्द्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्नेछ । 

वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एस एस रमानाथनले सम्पूर्ण ग्राहकहरुलाई वधाइ दिँद सबै ग्राहकप्रति आभार व्यक्त गरेका छन् ।   

‘म यो उपभोक्ता पवद्र्धनका सम्पूर्ण विजेताहरुलाई वधाई दिन चाहन्छु, उनले भने, म सबै ग्राहकहरुप्रति आभारी छु जसले आफुले कडा मिहेनत गरेर कमाएको पैसा आफ्ना नेपालमा रहेको परिवारसम्म पुर्याउन वेस्टर्न युनियनमा विश्वास राख्दछन् ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *