मौसममा कहिले सुधार आउला ? यस्तो छ तीन दिनको पूर्वानुमान

फागुन १५, काठमाडौं । केही दिनदेखि बदली रहेको मौसममा आजबाट सुधार आउने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै मौसममा सुधार आउने जनाएको हो ।   

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले मध्य तथा पश्चिमी भूभागका केहि स्थानमा आंशिक देखि सामान्य बदली रहेपनि बाँकी भू-भागमा मौसम सफा रहेको छ । आजदेखि मौसम क्रमश सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानांगले जानकारी दिए । 

यस्तो छ तीन दिनको पूर्वानुमान 

null

फागुन १५ गते (बिहिबार) 

दिउँसोः देशकोपश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहि मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

रातीः देशकोमध्य तथा पश्चिमी भू-भागमाआंशिक देखि सामान्य बदलीरहनेछर बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

फागुन १६गते (शुक्रबार) 

दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशको पहाडी भू-भागमाआंशिक देखि सामान्य बदलीरहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। 

रातीः देशकोपश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

फागुन १७गते (शनिबार) 

दिउँसोः देशकोपश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेको छ। 

रातीः देशकोपश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *