मेलम्ची आयोजनाको १६ करोडको पाइप फुटाउनेमाथि कारवाही हुन्छ : अर्थमन्त्री डा. खतिवडा

माघ, २७, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्ची आयोजनाको १६ करोडको पाइप फुटाउनेमाथि कारबाही गरिने बताएका छन् । मन्त्री खतिवडाले विकास निर्माणमा अवरोध र क्षति पुर्‍याउनेमाथि कारवाही चलाउनुपर्ने बताएका हुन् ।   

सोमबार बसेको विकास तथा प्रविधि संसदीय समितिको बैठकमा अर्थमन्त्री डा. खतिवडाले यस विषयमा छानबिन गर्नुपर्ने बताएका छन् ।  ‘पाइपका लागि पैसा निकास गरेका र्छौँ’, उनले भने,‘यसरी लापरवाही गर्नेमाथि छानविन हुनु पर्छ।’   

गत वर्ष मेलम्ची खानेपानी आयोजनाको काठमाडौंमा विछ्याइएको ३० किलोमिटर पाइप फुटेको थियो । सडम सविस्तार तथा ढल खन्‍ने क्रममा नयाँबानेश्वर, कालोपुल, बागेश्‍वरी, बल्खुलगायत क्षेत्रमा करोडौं मूल्यको पाइप फुटेको थियो। सरकारी निकायबीच समन्वय अभावमा ३० किलोमिटर पाइप फुट्दा १६ करोड रुपैयाँको क्षति भएपछि अर्थमन्त्री खतिवडा आक्रोशित भएका छन्। 

null

खतिवडाले विगतको तुलनामा अन्तरमन्त्रालय समन्वय बढेको बताएका छन् । उनले कानुनी सुधार आवश्‍यकता रहेको बताउँदै कतिपय गर्नुपर्ने काममा सहजताका लागि सार्वजनिक खरिद ऐन संशोधन गरिएको र अरु गर्नैपर्ने कामका लागि केही नेपाल ऐन संशोधन गरेर अघि बढाउनु पर्नेमा जोड दिए।   

उनले नयाँ काम गर्न स्रोतका विषयमा पहिचान गरेर अघि बढ्नुपर्ने पनि बताएका छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *