सुनको भाउ घट्यो, हेर्नुस् आजको भाउ

फागुन १३, काठमाडौँ । सोमबार एक्कासी तोलामा १५ सय रुपैयाँ बृद्धी भएर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ घटेको   नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार प्रतितोला  ८० हजार ३ सय रुपैयाँ कायम भएको छापावाल सुन मंगलबार प्रतितोला   ८० हजार रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।  त्यसैगरी  महासंघका अनुसार सोमबार प्रतितोला ८० हजार पुगेको तेजावी सुन आज प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।     

मंगलबार चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ ।  सोमबार प्रतितोला   ९ सय २५ रुपैयाँले बिक्रीबितरण भईरहेको चाँदी आज पनि सोही मूल्या यथावत् रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *