भारतमा एक व्यक्तिलाई १२ करोडको चिठ्ठा पर्यो, हात पर्यो ७.२ करोड

फागुन १, काठमाडौँ । भारतमा एक ५८ वर्षिय व्यक्तिलाई १२ करोडको चिठ्ठा परेको छ ।  भारतको केरलाको थोलान्बरा बसोबास गर्ने   पेरुन्न राजनले भारु २ सयमा किनेको चिठ्ठाले उनलाई १२ करोड भारुको चिठ्ठा परेको हो ।   

एजेन्सीका अनुसार कमिशन र कर काटेर राजनले अब ७.२ करोड भारु पाउनेछन् ।  राजनले केरला सरकारले संचालन गरेको  क्रिसमस–नयाँ वर्ष बम्पर लटरीमा चिठ्ठा काटेका थिए । यस चिठ्ठाको  विजेता फेब्रअरी १० मा घोषणा गरिएको थियो   

आर्थिक अवस्था कमजाेर रहेका राजन पहिलेदेखि  चिठ्ठा किन्ने गर्दर्थे । चिठ्ठा किन्ने बानीबारे उनले भने  ,‘ एक दिन भाग्य फल्टिन्छ भन्ने मलाई विश्वास थियो ।’   

राजनका अतिरिक्त चिठ्ठाको दोस्रो र तेस्रो पाउने व्यक्ति पनि घोषणा गरिएको छ । तिनले क्रमशः पाँच करोड र एक करोड पाउनेछन् ।  चिठ्ठाबाट प्राप्त गरेको उक्त  रकमबाट पुरानो ऋण तिर्ने र केही पैसा छोरीको पढाईमा लगाउने राजनले बताएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *