कोरोना भाइरस : दक्षिण कोरियामा संक्रमितको संख्या ह्वात्तै बढ्यो

फागुन ९, एजेन्सी । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण अरु फैलिन नदिन दक्षिण कोरियाले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ। 

सो भाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेपछि सुक्षाका विभिन्न उपाय अपनाएको हो ।   

प्रधानमन्त्री चुङ स्ये क्यूनले अहिले देशमा सङ्कटकालीन अवस्था भएको टिप्पणी गरेका छन्। दक्षिणी सहरहरू डाएगु र चेओङ्डोलाई ‘विशेष हेरचाह क्षेत्र’ घोषणा गरिएको छ। डाएगुका सडकहरू अहिले प्रायः सुनसान छन्। 

एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोना भाइरसको सङ्क्रमण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९,००० सदस्यलाई आफैँ क्वारेन्टाइनमा बस्न भनेका छन्। 

त्यहाँ शुक्रबार ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ। अघिल्लो दिन ५३ मानिसमा सङ्क्रमण भएका बताइएको थियो। 

दक्षिण कोरियामा अब कुल १५६ जनामा कोरोनाभाइरस रहेको पुष्टि भएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *