कोरोना भाइरस संक्रमण : इटालीका एक दर्जन शहर बन्द

फागुन ११, एजेन्सी । युरोपमै कोराना भाइरस संक्रमित धेरै भेटिएपछि  इटलीले उक्त प्रकोप नियन्त्रणका लागि असाधारण उपाय अपनाउने भएको छ। 

कोभिड १९ का बिरामीहरूको सङ्ख्या ७९ पुगेपछि शनिबार राती प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्‌कालीन योजना घोषणा गरेका हुन्। 

सो घोषणा दुईजना इटालीयन नागरिकहरूको कोभिड १९ का कारण मृत्यु भएपछि भएको हो। 

योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारेन्टाइनको अवस्थामा राखिएको छ। 

ती सहरहरूका झन्डै ५०,००० मानिसहरूलाई घरभित्रै रहन भनिएको छ। 

प्रधानमन्त्री कोन्टेले सो सहरहरूमा प्रवेश गर्न वा त्यहाँबाट निस्कन विशेष अनुमतिविना निधेष गरिएको छ। 

त्यहाँ सबै विद्यालय र खेलकुद गतिविधिहरू निलम्बन गरिएको छ । आइतवार त्यहाँ सीरी ए का केही फुटबल खेल हुने तालिका थियो। 

प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ। 

इटलीका अधिकारीहरूले कोरोना भाइरस फैलिएको र यस्ता उपायविना नियन्त्रण गर्न नसकिने बताएका छन्। ‘सो भाइरस सर्ने सम्भावना निकै धेरै छ,’लाम्बार्डीका स्वास्थ्य प्रमुखले बताए। 

चीनको हुबे प्रान्तमा गत वर्ष शुरू भएको कोरोनाभाइरस २६ देशमा फैलिसकेको छ र चीनबाहिर १,४०० भन्दा बढी सङ्क्रमित भएको र ११ जनाको मृत्यु भएको छ। 

चीनका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार यसको नयाँ सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या घटेको छ। 

तर त्यहाँ अहिलेसम्म ७६,३९२ सङ्क्रमण र २,३४८ मृत्यु पुष्टि भइसकेको छ। 

दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्। 

शुक्रबारयता थप २२९ जनामा कोभिड(१९ गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बीबीसीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *