स्कुटरमा सवार थिए दुई युवा, फेला पर्यो लागूऔषध

माघ २९, काठमाडौँ ।  बुधबार तनहुँमा ग १७ प ३३७२ नं. को स्कुटर चेकजाँच गर्ने क्रममा लागूऔषध सहित दुई युवा पक्राउ परेका छन् ।   

मुग्लिङबाट डुम्रेतर्फ जाँदै गरेको उक्त स्कुटर सत्रसयस्थित पृथ्वी राजमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा ती युवाहरुलाई इलाका प्रहरी कार्यालय आँबु खैरेनीले पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा लम्जुङ सुन्दरबजारका ३० वर्षीय आइते तामाङ र स्कुटरमा पछाडि सवार रहेका सुन्दरबजार तार्कुकै सुजन तामाङ रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार उनीहरुको साथबाट लागूऔषध डाइजेपाम ५२ थान, नुफिर्न ५१ थान र फेनार्गन ५३ थान गरी १६६ थान फेला पारिएको छ ।  स्कुटरसहित दुवै जनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *