भीमेश्वरलाई चार बोकाको बली, दुई गृहमन्त्रालयको तर्फबाट

फागुन १४, दोलखा । भीमेश्वरर मन्दिरको शीलामा पसिना आएको भन्दै बुधबार क्षमापूजासहित ४ वटा बोका बली दिइएको छ । भीमेश्वरमा बली दिइएका बोकामध्ये २ वटा गृहमन्त्रालय तर्फबाट र २ वटा स्थानीय सरकारको तर्फबाट बली दिइएको हो ।   

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि  अनिष्ट टार्न मंगलबार क्षमापूजा गरिएको छ । क्षमापूजाका लागि राष्ट्रपति कार्यालयले भेटी र गृह मन्त्रालयले कालो बोका पठाएको हो । 

पसिना पुछेको कपाससहित प्रसाद राष्ट्रपति कार्यालय शीतल निवास लगिएपछि मंगलबार क्षमा पूजा गरिएको थियो । 

गत बिहीबार बिहान झन्डै दुई घन्टा मन्दिरको शिलामा पसिना आएको थियो । 

भीमेश्वर शिलामा पसिना आउनुलाई राष्ट्रमा अनिष्ट हुने संकेतका रुपमा लिइने स्थानीय गुठियारहरुले बताएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *