११ दिन पहिले दुलाहा बनेका अशफाकमाथि ५ गोली हानियो, नव-दुलहीको बिचल्ली !
फागुन १६, काठमाडौं । उत्तर–पूर्वी दिल्लीमा भड्किएको हिंसामा परि ज्यान गुमाउनेको संख्या ३० भन्दा बढी पुगेको छ । शनिबार २३ फ्रेबुअरी रातिदेखि भड्किएको हिंसा भलै केही थामिएको छ तर इलाकामा तनाव अझै छ । बितेको ४ दिनमा कयौँको घर बर्वाद भएको छ ।
ज्यान गुमाउनेमा हिन्दू पनि छन्, मुसलमान पनि । मृतकहरुमध्ये धेरैको उमेर ३० को आसपास छ धेरैजसो मृतकहरु परिवारको एक्लो आय स्रोत थिए । कोही विवाहित थिए त कोही साना–साना बच्चाहरुको पीता थिए ।
कसैले केही दिन पहिले मात्रै बैवाहिक बन्धनमा बाँधिएका थिए । तीमध्ये एक यस्तो व्यक्ति थिए जो भोलिपल्ट आफ्नो जन्मदिन मनाउने तयारी गरिरहेका थिए । ती नै मृतकमध्ये एक यस्ता व्यक्ति पनि थिए जसको १० दिन पहिले विवाह भएको थियो ।
अशफाक हुसेनको विवाह भएको मात्रै ११ दिन मात्रै भएको थियो तर दिल्ली हिंसामा उनले पनि ज्यान गुमाए । आफन्तको दाबी छ कि उनको छातीमा ५ गोली ठोकि मारिएको थियो ।
अशफाकको नातेदार हाजरा भन्छिन् कि उनी अगाडी उभिएका थिए र ती हिंस्रकहरुले उसको छातीमा गोली ठोकिदिए । हाजरा भन्छिन्– ‘तीनीहरुले मेरो छोराको छातीमा ५ गोली प्रहार गरे । उसले कसैको केही बिगारेको थिएन । उसको मृत्युपछि हाम्रो परिवारमा केवल समस्या मात्रै छन् । हामी आफ्नो बच्चालाई हुर्काउँछौँ, उनीहरु आएर मारिदिन्छन् । तीनिहरुमा दया छैन ?’
अशफाकको विवाह यसै साल १४ फ्रेबुअरीमा भएको थियो । हाजराले रुँदै भनिन्– ‘तपाईँ नै भन्नुस् न अब उसको ११ दिनकी श्रीमती के गर्छिन् ? कहाँ जान्छिन् ?’
अशफाकका आफन्तका अनुसार उनी त्यस दिन काममा गएका थिए । फर्किने बेलामा उनीमाथि हिंसा भएको हो ।
यसैबीच, दिल्ली हिंसाबारे उच्च अदालतमा अर्को सुनुवाई अप्रिल १३ मा हुनेछ । अदालतले यस घटनामा केन्द्र सरकारलाई एक पार्टी गठन गरी सपथपत्र पेश गर्न भनेको छ ।