कोरोना भाइरस संक्रमण : यस्तो छ चीन भन्दा बाहिरको स्थिती

माघ २८, एजेन्सी । चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालसहित दुइ दर्जन भन्दा बढी देशमा पुगेको छ । यूकेमा सोमबार थप चार जनामा कोरोना भाइरस भेटिएको पुष्टि भएको छ ।   

अहिलेसम्म त्यहाँ आठ जना उक्त भाइरसबाट संक्रमित भएका छन् । सरकारले उक्त भाइरसका कारण ‘गम्भीर खतरा’ उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। 

त्यस्तै जापानमा क्वारन्टीनमा राखिएको एउटा पानीजहाजका थप ६५ यात्रुमा सङ्क्रमण भएको पाइएको छ। अर्थात् ३,७०० यात्रुमध्ये १३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण भएको छ। 

विश्व स्वास्थ्य सङ्गठनले उक्त भाइरसका कारण जनस्वास्थ्यमा सङ्कट उत्पन्न भएको घोषणा गरिसकेको छ। 

चीनबाहिर अहिलेसम्म फिलिपिन्स र हङ्‍कङमा एक एक जना गरि दुई जनाको मृत्यु भएको छ। 

भाइरस फैलिने आशङ्कामा दक्षिण कोरियाले क्रूजहरूलाई आफ्ना बन्दरगाहमा छिर्न अस्थायी प्रतिबन्ध लगाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *