९८ वर्ष र १०१ वर्षका दुई दिदीबहिनी जसको ४७ वर्षपछि पुनर्मिलन भयो

फागुन १४, काठमाडौं । दुई कम्बोडियाली बहिनीहरु जो ९८ र १०१ वर्षका छन् । ४७ वर्षपछि उनीहरु पहिलो पटक भेट भए । दुवैलाई एकअर्काको बारेमा लाग्थ्यो कि १९७० को दशकमा खमेर रुज शासनमा डरका कारण उनको मृत्यु भयो होला ।  

एक स्थायी एनजीओका अनुसार ९८ वर्षकी बुन सेन आफ्नो ९२ वर्षका भाईसँग पनि मिलिन्, जसको बारेमा उनलाई लाग्थ्यो कि अब ऊ यो दुनियाँमा छैन ।  

दुवै दिदीबहिनीहरुले पछिल्लो पटक १९७३ मा एकअर्कालाई देखेका थिए । यसको दुई वर्षपछि पो पोट नेतृत्वको कम्युनिष्ट पार्टीले कम्बोडियाको शासन आफ्नो नियन्त्रणमा लिएको थियो । एक अनुमानका अनुसार खमेर रुज शासनका समयमा करिब २० लाख मानिसहरु मारिएका थिए ।  

पोल पटको शासनमा नै बुन सेनले आफ्नो श्रीमान् गुमाएकी थिइन् र राजधानी पेन्हमा फोहोर फ्याल्ने ठाउँनजिकै बस्न थालिन् । लामो समयसम्म उनको जिन्दगी फोहोर उठाउने, पुन प्रयोग योग्य वस्तुहरु बिक्री गर्न र गरिब बस्तीमा बच्चाहरुको हेरचाह गर्नमा बित्यो ।  

उनी सधैँ काम्पोंग चाम प्रान्तमा आफ्नो गाउँ गएर आफ्नो घर देख्न चाहन्थिन् । उनको गाउँ राजधानी पेन्हदेखि करिब ९० माइल टाढा छ । तर उनको उमेर, शारीरिक अशक्तता लगायतका कारणले यात्रा मुश्किल थियो ।  

२००४ सालदेखि बुन सेनलाई सहयोग गर्दै आएका स्थानीय एनजीओ कम्बोडियन चिल्ड्रेन्स फण्डले उनको घर जानका लागि तयारी सुरु गर्यो । तब यो कुरा थाहा पाए कि बुन सेनकी दिदी र भाइ अझै जिउँदै छन् र त्यही गाउँमा बस्छन्।  

झण्डैँ आधा शताब्दीपछि बुन सेनले पछिल्लो हप्ता बहिनी बुन चिया र भाईलाई भेटिन् । ‘मैँले आफ्नो गाउँ धेरै पहिले छोडेकी थिएँ र फेरि फर्केर गइनँ । मलाई लाग्थ्यो कि मेरो भाई र बहिनीको मृत्यु भइसकेको छ’ बुन सने भन्छिन्– ‘अहिले आफ्नो बहिनीलाई अँगाल्न पाउँदाको भावना व्यक्त गर्न सक्दिन । पहिलो पटक मेरो भाईले मेरो हात छुँदा म रोएँ ।’ 

बुन चियाको श्रीमान पनि खमेरु रुज शासनकालमा मारिएका थिए । १२ बच्चाहरुको साथ जीवन बिताइरहेकी बुन चियालाई पनि यही लाग्थ्यो कि उनकी दिदी अब यो दुनियाँमा छैनन् । उनी भन्छिन्– ‘पोल पट शासनकालमा हाम्रा १३ नातेदार मारिएका थिए । मलाई लाग्थ्यो कि तीमध्ये उनी पनि छिन् । मैँले सोचेकी थिइनँ कि उनलाई फेरि देख्न पाउने छु ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *