डोनाल्ड ट्रम्पको भारत भ्रमणः अमेरिकी मिडिया भन्छ– ‘समोसा खाएनन्’

फागुन १३, काठमाडाैं । डोनाल्ड ट्रम्प अहिले भारत भ्रमणमा छन् । भारतीय मिडिया लगायत अमेरिकी मिडियाले ट्रम्पको भारत भ्रमण कभरेज गरिरहेको छ ।  

अमेरिकी अखबार वासिंटन पोष्टले राष्ट्रपति ट्रम्पका लागि अहमदावादको सावरमती आश्रममा ब्रोकली समोसालाई महत्व दिइएको थियो । अखबारले लेखेको छ– ‘ट्रम्पको भारत यात्रालाई लक्षित गरि बनाइएको ब्रोकली समोसा कसैलाई मन परेन । ट्रम्पले छुँदा पनि छोएनन् ।’  

वास्तवमा सावरमती आश्रममा ट्रम्पका लागि विशेष प्रकारको समोसा बनाइएको थियो जसमा आलु मटरको ठाउँमा ब्रोकली र मकैको मिश्रणको प्रयोग गरिएको थियो । तर ट्रम्पसहित अमेरिकाबाट आएका कुनैपनि पाहुनाले समोसा खाएनन् ।  

त्यस्तै न्यूयोर्कबाट सञ्चालित मिडिया क्वार्टजले आफ्नो रिपोर्टमा अहमदावादको बस्ती अगाडी बनाइएको पर्खाललाई प्राथमिकता दिएको छ । रिपोर्टमा लेखिएको छ– ‘ट्रम्प–मोदीको रोड शोका क्रममा पर्ने एक बस्ती लुकाउनका लागि करिब ४०० मिटरको दुरीसम्म चार फुट अग्लो पर्खाल बनाइएको छ ।’ क्वार्टजले यसलाई मानवियता ढाकिएको बताएको छ ।  

‘पर्खालको पछाडी सरणियावासमा करिब ७ सय कच्ची घरहरु छन् । त्यहाँ सरसफाई, शौचालय, पानीको पाइपलाईन र ढल व्यवस्थापनको अभाव छ । बस्तीमा बस्ने एक महिलालाई उद्धृत गर्दै रिपोर्टमा लेखिएको छ– ‘यो केवल अंग्रेजको गुलामी हो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *