नेपाल स्टारको बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक

फागुन १४, काठमाडौं । रियाली शो नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग पार्टनरको रुपमा बैंक सिद्धार्थ बैंक बनेको हो । 

राजधानीमा एक समारोहकाबीच नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ्ग र बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बीच साझेदारीपत्रमा हस्ताक्षर भएको छ । साथै, कार्यक्रम प्रस्तोताका रुपमा नेपाल टेलिभिजन (एनटिभी) का महाप्रबन्धक गोविन्द रोक्काले समेत सहमतिमा ऐक्ववद्धता जनाएका छन् । 

सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यक्रम आयोजक कि एड्भरटाइजिङ्गका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले  पछिल्लो समयमा नेपालमा फ्रेञ्चाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजनले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको बताए । राष्ट्रिय कार्यक्रमको रुपमा प्रशारणमा आउन लागेको यस कार्यक्रमले नेपालको स्टार जन्माउने जिकिर गरे । 

नेपाल स्टार नेपालको सातै प्रदेश र काठमाडौं गरी ८ स्थानमा अडिसन भइसकेकोले छिट्टै प्रसारण हुने छ ।  कार्यक्रमले कलाको उच्च कदर गर्ने नेपाल स्टारको निर्णायक बरिष्ठ संगीतकार आलोकश्रीले बताए । रियालिटी शोको निर्णायकहरुमा आलोकश्रीसँगै रामकृष्ण ढकाल र अन्जु पन्त रहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *