नेपाल रेडक्रस सोसाइटीको महाधिवेशन एक महिना पर सर्याे

फागुन १७, काठमाडाैं । नेपाल रेडक्रस साेसाइटीकाे महाधिवेशन एक महिना पर सरेकाे छ । यहि फागुन २१–२३ गते काठमाडौँ हुने भनिएको नेपाल रेडक्रसको केन्द्रीय महाधिवेशन आगामी चैत्र २३ देखि २५ गतेसम्म काठमाडौँमा हुने गरी मिति हेरफेर गरिएको छ । गएकाे फागुन १४ गते काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिले विशेष कारणबस सो निर्णय गरेको हो ।   

“नेरेसोलाई कानुनी हिसावले सुदृढ र व्यवस्थित गर्न नेपाल रेडक्रस र नेपाल सरकारका विभिन्न निकायहरुको बीचमा भरहेको छलफल र पहललाई थप बल पुर्याउनुका साथै संस्थागत सकारात्मक परिणाम हासिल गर्ने सन्दर्भमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको मुख्यालय जेनेभालाई बस्तुगत जानकारी गराई संस्थागत अनुरोध गरिए अनुसार केही समय आवश्यक हुने भएका कारण महाधिवेशनको मिति एक महिना पर सारिएको हो ।” कार्यसमितिको वैठक पश्चात रेडक्रस अध्यक्ष सञ्जीव थापाले बताए । 

महासंघको टोली आगामी हप्ता नेपाल आई नेरेसोको संस्थागत सुदृढीकरणका विविध विषयमा नेपालका रेडक्रसकर्मी तथा बाह्य सान्दर्भिक पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको छ । संस्थागत यो पहलले नेपाल रेडक्रसलाई आधारभूत सात सिद्धान्तका आधारमा मानवीय सेवालाई निरन्तरता दिन सघाऊ पुर्याउने र सरकार लगायत विभिन्न निकायहरुको सुसम्बन्धलाई थप टेवा दिने अपेक्षा नेरेसोले गरेको छ । 

null

पछिल्लाे समय रेडक्रसले आर्थिक अनियमिताको आरोप खेपिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *