विदेश पठाइदिन्छु भन्दै आठ लाख रुपैंया ठग्ने कार्की पक्राउ

माघ २७, काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो ।   

उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको खुल्न आएको छ । 

पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए  । भक्तपुरबाट पक्राउ परेका उनलाई थप कारवाहीका लागि सोमबार महानगरीय प्रहरी परिसर काठमाडौँ बुझाइएको महाशाखाले जनाएको छ ।   

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *