कोरोना भाइरस : जापानमा क्वारेनटाइनमा राखिएका ४० अमेरिकी नागरिक संक्रमित

फागुन ५, एजेन्सी । जापानमा क्वारेन्टाइनमा राखिएका डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४० जना अमरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।   

उनीहरू जापानमा उद्धार गरिएका ४ सय अमेरिकी नागरिकमध्येका हुन्। 

उद्धार गरिएकामध्ये अधिकांश व्यक्तिहरू दुईवटा अमेरिकी हवाईजहाजमार्फत्‌ स्वदेश फर्किरहेका छन्। तर सङ्क्रमित व्यक्तिहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ। 

झन्डै ३,७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारेन्टाइनमा राखिएको छ। 

उक्त पानीजहाजबाट हङ्‌कङमा ओर्लेका एक व्यक्ति सो भाइरसबाट सङ्क्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारेन्टाइनमा राखिएको हो। 

चीनबाहिर कोरोनाबाट सङ्क्रमित हुने यो सबैभन्दा ठूलो समूह हो। 

जापानी अधिकारीहरूले आइतबार बताएअनुसार पानीजहाजमा सो भाइरसबाट  सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ७० बाट ३५५ पुगेको छ। 

एक अमेरिकी यात्रीले क्वारेन्टाइनका प्रयासहरू विफल भएको बताउँदै आफूले पानीजहाजमा सुरक्षित महसुस नगरेको बीबीसीलाई बताइन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *