केजरीवालको मन्त्रिपरिषदमा किन अटाइनन् आतिशी मार्लेना ?
फागुन ५, एजेन्सी । दिल्ली विधानसभा निर्वाचनमा महिला मतदाताहरुको अपार समर्थन र महिला नेताहरुको उत्कृष्ट प्रदर्शनका कारण आम आदमी पार्टी (आप) ७० मध्ये ६२ विधानसभा सिटमा जित हाँसिल गर्न सफल भयो ।
इन्डियन एक्प्रेसमा प्रकाशित सीएसडीएसको सर्वे अनुसार दिल्ली विधानसभा चुनावमा आम आद्मी पार्टीलाई जिताउन महलिा मतदाताहरुको अभूतपूर्व समर्थन रहेको थियो । अहिलेको चुनावमा महिलाहरुको समर्थ गएको चुनावमा गरिएको अपेक्षा भन्दा बढी थियो ।
मतदानहुनु अघिल्लो साँझमा भएको सर्वे अनुसार ४९ प्रतिशत पुरुषको तुलनामा ६० प्रतिशत महिलाहले आपलाई भोट दिने बताएइको थियो ।
यसको साथै २०१५ को चुनावको तुलनामा आपको विधानसभा सिटमा कमि आएको छ । जबकी महिला सांसदको संख्यामा भने बृद्धि भएको छ ।
सन् २०१५ को चुनावमा आपले ६७ सिट जितेको थियो जसमा ६ महिला थिए । जबकि सन् २०२० को चुनावमा ६२ विधायक जित्दा आठ विधायक महिला छन् ।
तर यसको बावजुद पनि अरविन्द केजरीवालले आफ्नो क्याबिनेटमा एक जना पनि महिलालाई स्थान दिएनन् ।
पार्टीका वरिष्ठ नेता मनीष सिसोदियाले यो निर्णय अरविन्द केजरीवालको फैसला भएको बताए ।
केजरीवालको निर्णयको विरोध
कैयौं मानिसले आतिशी मार्लेनालाई अन्देखा गरेकोमा दुःख व्यक्त गरेका छन् ।
दिल्ली विश्वविद्यालयका शिक्षिका डा. चयनिका उनियालले यसको विरोधमा ट्वीट गरेकी छन्, ‘अरबिन्द केजरीवालजी मन्त्रालयको बाँडफाँड योग्यताको आधारमा हुने बताउँथे । के आमआद्मी पार्टीमा योग्य महिला थिएनन्, कि उनलाई महिलामा योग्यता हुन्छ भन्ने लाग्दैन ।’
सर्वोच्च अदालतका वरिष्ठ वकिल करुणा नन्दीले ट्वीटरमा लेखेका छन् ,‘अरविन्द केजरीवाल र मनीष सिसोदिया१ यो निक्कै निराशाजनक कुरा हो । आतिशी मार्लेना र अन्य नेता उपलब्ध हुँदा पनि यस्तो निर्णय आउनु निकै निराशाजनक कुरा हो ।’
फिल्म निर्देशक अनुराग कश्यप, लेखक राना सफवी र कमेडियन अमित टण्डनसमेत धेरै ट्वीटर प्रयोगकर्ताले आतिशीलाई क्याबिनेटमा सामेल नगरेकोमा निराशा व्यक्त गरेका छन् ।
यस्तोमा प्रश्न उठ्छ, अरबिन्द केजरीवालले दिल्लीका विद्यालयको अवस्था सुधार गर्ने आतिशी मार्लेना वा उनीजस्तै दोस्रो महिला नेतृतलाई आफ्नो क्याबिनेटमा किन सामेल गरेका छैनन् ।
दिल्ली सरकारमा मन्त्री पदको शपथ लिएका मनीष सिसोदियाले यो मुद्दामा आफ्नो पार्टीको निर्णयको प्रतिरक्षा गर्दै भने ,‘दिल्लीका को मुख्यमन्त्री बन्ने कुरा जनताले तय गर्छन् । तर मुख्यमन्त्रीसँग को काम गर्छ भन्ने कुरा मुख्यमन्त्ती तय गर्नेछन् । यस्तोमा मुख्यमन्त्री केजरीवालले जुन मन्त्रिमण्डलबाट खुशी हुन्छन् त्यस्तै मन्त्रिमण्डल लिएर आएका छन् ।’
आम आद्मी पार्टीका नेता अंकित लालले पनि क्याबिनेटमा महिलालाई समावेश नगरिएको कुरामा पार्टीको प्रतिरक्षा गरेका छन् ।
अंकित लाल भन्छन् ,‘ पार्टीले मन्त्री पदमा मात्र होइन, हरेक स्तरमा महिलाको ज्यादा सहभागिता आवश्यकता छ । चुनाव जितेका सबै महिलाले आगामी दिनमा ठूलो जिम्मेबारी दिइनेछ । ’
आतिशीले किन पाइनन् मन्त्री पद ?
वरिष्ठ पत्रकार अपर्णा द्वीवेदी अरविन्द केजरीवालको यो निर्णयका लागि राजनीतिक कारणलाई जिम्मेवार मान्छिन् ।
उनी भन्छिन् ,‘ आमआद्मी पार्टीले महिला सुरक्षा र हिस्सेदारीको कुरा जोड दिँदै आइरहेको छ । यस्तोमा उसले मन्त्रिपरिषदमा एक जना महिलालाई ल्याउने आशा गरिएको छ । अघिल्लो पटक शिक्षा क्षेत्रमा पु¥याएको योगदानले आतिशीको नाम सबैभन्दा अगाडि थियो ।’
मन्त्रिपरिषद् विस्तारको समयमा महिला नेतृलाई क्याबिनेटमा सामेल गरिने द्वीवेदीले आशा व्यक्त गरिन् ।
राजनीतिक बाध्यता ?
समाजिक संजालमा केही मानिसले आमआद्मी पार्टी(आप) ले नयाँ शैलीको राजनीतिक गर्ने दावी गर्ने गरेकोमा अहिले भाजपा र कंग्रेजजस्तै चरित्र अंगीकार गरेको बताए ।
आमआद्मी पार्टीको राजनीतिलाई सुरुदेखि ख्याल गरेका वरिष्ठ पत्रकार प्रमोद जोशीले नयाँ दलबाट मात्र फरक व्यवहारको अपेक्षा गर्न नहुने मान्छन् ।
‘यस्ता अपेक्षाको कुनै औचित्य छैन किनकि अन्य राजनीतिक पार्टीजस्तै आमआद्मी पार्टी पनि एक राजनीतिक दल हो र यसले पनि अन्य दलजस्तै राजनीतिक नियम र सीमामा रहेर काम गरिरहेको छ’ उनले भने ।
तथापि दिल्ली चुनावको जीतमा महत्वपूर्ण भूमिका खेलेकी आतिशीलाई मन्त्रीपरिषदमा सहभागी नगराएर आपले गल्ती गरेको जोशीले बताए ।