श्रीमती प्रेमीसँग भागेपछी श्रीमानले पुत्ला बनाएर गरे अन्तिम संस्कार, छोराले दिए दागबत्ती
मकालु खबर
२०७६ माघ २२ गते
माघ २२, काठमाडौँ । भारतमा एक श्रीमान्ले आफ्नो श्रीमती प्रेमीसँग भागेपछी हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरेका छन् ।
श्रीमती प्रेमीसँग भागेर रुष्ट भएका भारतको बोकारो जिल्लाको तेलो थानाका राजिव कुमारले आफ्नो ३२ वर्षीया श्रीमतीको पुत्ला बनाएर विधिपूर्वक अन्तिम संस्कार गरेका हुन् ।
उक्त पुत्लालाई उनका छोराले आफ्नी आमाको मृत्यु भई सकेको सम्झी दागबत्ती समेत दिएका छन् ।
राजिवका अनुसार अब उनका लागि उनकी श्रीमतीको मृत्यु भइसकेको छ । उनले भने ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन । मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग जनवरी ४ मा घरबाट भागिन् ।’
मकालु खबर
२०७६ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित