ट्रम्प भ्रमणमा रहेकै बेला दिल्लीमा प्रदर्शन : प्रहरीसहित ५ जनाको मृत्यु

फागुन १३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेका बेला राजधानी दिल्लीमा भएको प्रदर्शनमा पाँचजनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यहरुका अनुसार सोमबार भएको प्रदर्शनका क्रममा एक प्रहरीसहित पाँचजनाको मृत्यु भएको हो ।   

तीनजना सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ । अर्का एकजनाको मृत्युको पुष्टि जिटिभीले अस्पताल गरेपनि त्यी पाँचौँ व्यक्तिका बारेमा विस्तृत विवरण सार्वजनिक भएको छैन । 

विवादास्पद नागरिकतासम्बन्धी नयाँ कानुनको विरोधमा भएको प्रदर्शनका क्रममा अन्य धेरै घाइते भएका छन् । घाइते भएका २४ जना भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दिल्लीको यमुना पार क्षेत्रमा प्रदर्शन भएको हो ।   

ट्रम्प भारत भ्रमणमा रहेकै बेला भएको यो घटनालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् । उत्तर पूर्वी दिल्लीको मुसलमान बाहुल्य रहेका स्थानमा गत वर्षबाट आन्दोलन सुरु भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *