फेरि लियो टिप्परले ज्यान, शङ्करापुरमा ठक्कर दिँदा श्रेष्ठको मृत्यु

फागुन ६, काठमाडौं । काठमाडौंको शङ्करापुरमा टिप्परको ठक्करबाट फेरि एक जनाको मृत्यु भएको छ । गएराति शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परले ठक्कर दिँदा स्थानीय प्रविण श्रेष्ठको मृत्यु भएको हो ।   

प्रहरीका अनुसार टिप्परको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा राति नै मृत्यु भएको हो । ठक्कर दिने ना १ क ४५६४ नम्बरको टिप्पर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुई हप्ताअघि मात्रै कलङ्कीको अण्डरपासमा टिप्परकै ठक्करबाट दुई जनाको मृत्यु भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *