छुवाछूतविरुद्ध पुरोहित र धामीझाँक्री

माघ २८, जाजरकोट । समाजमा विद्यमान जातीय भेदभाव र छुवाछूतविरुद्ध जाजरकोटका धामीझाँक्री तथा पुरोहित एकजुट भएका छन् । भेरी नगरपालिलाई पूर्णरुपमा छुवाछूतमुक्त अभियानलाई साथ दिन उनीहरुले एकजुट भएका हुन् ।   

जातीय भेदभाव तथा छुवाछूतविरुद्ध जागरण फैलाएर समृद्ध नगर बनाउने अभियानलाई साथ दिन समेत उनीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन्  । भेरी नगरपालिका–११ का रुपलाल शर्माले भने, “आफूहरु छुवाछूत गर्दैनौँ र समाजमा गर्न पनि दिन्नौँ, यस्तो कुकर्म कसैबाट भए सामूहिक रुपमा प्रतिकार गर्छौं ।” 

 भेरी नगरपालिका–४ एकदेव शर्माले भने, “आफ्नो घरमा बनाएको मन्दिरमा दलितसँगै सामूहिक रुपमा पूजापाठ गर्न आएको छु,  सानो जात र ठूलो जात भन्ने हुँदैन ।” 

 नगरप्रमुख चन्द्रप्रकाश घर्तीले कुसंस्कारका रुपमा मूल जरो बनेको विभेदलाई हटाउनका लागि धामीझाँक्री तथा पुरोहितहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले भने, “समाजमा देवतालाई अगाडि सारेर नै छुवाछूतजस्तो हुने गरेकोे छ, अब हाम्रो यो सामाजिक अभियानमा धामीझाँक्री तथा पुरोहितले साथ दिएका छन्, यो खुशीको कुरा हो ।” 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *