भ्रमणमा आउन लागेका ट्रम्पलाई सुनको जलप लगाइएका भाडामा खाना

फागुन ११, काठमाडाैँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २३–२४मा भारत भ्रमणमा आउँदैछन् । 

उनको स्वागतको लागि भव्य दिल्ली र अहमदाबादमा तयारी हुँदैछ । अन्य स्वागत तयारीका अतिरिक्त डोनाल्ड ट्रम्प र उनको परिवारले खाना खाने विशेष भाडाको बनिसकेको छ । 

जयपुरको अरुण पाबुवालले ट्रम्प र उनको परिवारको लागि सुन र चाँदीको जलप लगाइएको भाडा (क्रोकरी) तयार गरेका छन् । यी भाडाको डिजाइन धातुका सामाग्रीको डिजाइनमा सुपरिचित नाम अरुण पाबुवालले गरेका हुन् । 

पाबुवालका अनुसार यी खास क्रोकरीमा ट्रम्प र उनको परिवारले नास्ता, लञ्च र डिनर गर्नेछन् । यसमा कपसेटदेखि लिएर ड्राईफूड राख्ने कटलरी समेत रहेको छ । त्यस अतिरिक्त सुनको जलप लगाएको न्यापकिन सेटसमेत तयार गरिएको छ जसमा ट्रम्पका परिवारका सदस्यको नाम लेखिनेछ । 

यसलाई ‘ट्रम्प कलेक्शन’ नाम दिइएको छ । ३५ जनाको समूहले करिब तीन हप्तामा यसलाई तयार गरेका हुन् । निर्माणको क्रममा पहिले धातुबाट भाडाँ बनाइसकेपछि तीमाथि सुन र चाँदीको पत्र चडाइएको थियो । 

बाराक ओबामाको भ्रमणको समयमा पनि डिजाइन 

पाबुवालले कुनै भीभीआईपी पाहुनको लागि विशेष क्रोकरी डिजाइन गरेको पहिलो पटक भने होइन । पाबुवालले यस अघि अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको भारत भ्रमणमासमेत कयौं भीभीआईपी पाहुनाको लागि टेबल सामाग्री डिजाइन गरिसकेका छन् । 

यसबाहेक पाबुवाल क्रिकेट वर्ल्ड कपदेखि लिएर ब्युटी कन्टेस्टको लागि ताजसम्म डिजाइनिङमा संलग्न भइसकेका छन् । यसैले उनलाई भीभीआईपी पाहुनाको लागि छनौट गरिएको हो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *