कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी हुने

माग २९, विराटनगर । “आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ विराट एक्स्पो २०७६ कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी हुने भएको छ ।   

उद्योग संगठन मोरङले बुधबार विराटनगरमा पत्रकार सम्मलेन गरी प्रदर्शनी हुने जानकारी दिएको छ । विराटनगरस्थित शंकरपुर मार्गमा हुने प्रदर्शनी फागुन २ गते देखि  १० गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।   

औद्योगिक उत्पादन, प्रविधि प्रवद्र्धन, कृषि क्षेत्रमा गुणतरीय र व्यवसायीक उत्पादनमा जोड दिन साथै कृषिमा यान्त्रिकीकरण उत्पादन र उपभोक्ता सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रदर्शनी संचालन गर्न लागेको विराट एक्स्पो २०७६ (कृषि तथा औद्योगिक प्रदर्शनी) आयोजक भोेलेश्वर दुलालले बताए ।   

उनका अनुसार पर्यटन प्रवद्र्धन साथै वैंक तथा विक्तिय क्षेत्रको गतिविधि वारे जानकारी दिने पनि प्रमुख उद्देश्य रहेको उनको भनाई छ । भने प्रदर्शनीमा जुम्लाको स्याउ, मार्सि चामल, हिमाली उत्पादन,पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, सुपारीको टोपरी, ईलामको ललिपप, तेह्रथुम र संखुवासभाको अल्लो लगायतका समाग्रिहरु प्रदर्शनीको मुख्य आकर्षण रहेको दुलालले जानकारी दिए ।   

उनका अनुसार हेलिकप्टरबाट विराटनगर अवलोकन, पाथिभरा दर्शन, हात्तीको सवारी र बालवालिकाका लागि फनपार्क साथै ६० प्रजातिका चराहरु पनि राखिने छ, भने नेपाली सेनाको सर्पदंश, ट्राफिक सचेतना, रोजगार सूचना केन्द्रको व्यवस्था तथा भ्रमण वर्षके प्रवद्र्धनका लागि पूर्व क्षेत्रका पर्यटकीय गन्तव्यको जानकारीहरु पनि राखिने छ ।   

प्रदर्शनीमा ३ सय ४० वटा स्टल रहने छ , जस मध्ये ४० वटा अन्र्तराष्ट्रिय,  कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनका १ सय ६०, अटोमोवाईल्सको ३८ लगायतका स्टलहरु रहनेछन् । प्रदर्शनीमा अनुमानीत १ अरवको कारोबार गर्ने लक्ष्य रहेको संयोजक दुलालको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *