कोरोना भाइरसका कारण इरानमा मृत्यु हुने संख्या १२ पुग्यो

फागुन १२, काठमाडौँ ।  इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सोमबारसम्ममा १२ पुगेको संसदका एक प्रवक्ताले जानकारी दिएका छन् ।   

संसदको बन्द सत्रमा सरकारी अधिकारी असादुल्लाह अब्बासीको भनाई उद्धृत गर्दै अर्धसरकारी समाचार संस्था इस्नाले भाइरसको सङ्क्रमण ४७ जनामा भेटिएको  जनाएको छ । 

तीव्र गतीमा बढी रहेको यस भाइरका कारण दक्षिण कोरियामा पनि ७ जनाको मृत्यु भईसकेको छ ।  अहिलेसम्म दक्षिण कोरियामा ७६० जना सो भाइरसबाट संक्रमित भएको पुष्टि गरिएकाे छ। 

Image result for कोरोना भाइरस

चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसको संक्रमण बाट चीनमा हालसम्म  २ हजार ५९२ जनाको मृत्यु भईसकेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।  यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेकाे बताइएकाे छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *