पत्रकारका हक हितका लागि पेन्सनको व्यवस्था : बागमती प्रदेश

हेटौँडा । वाग्मती प्रदेश सरकारले पत्रकारको हकहितका लागि पेन्सनको व्यवस्था शुरु गर्न लागेको छ । सरकारको प्रेस रजिस्टारको कार्यालयले ३० वर्ष पत्रकारिता गरेको र ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ पत्रकारलाई पेन्सन दिने व्यवस्था शुरु गर्ने लागेको हो ।   

वाग्मती प्रदेशका ज्येष्ठ पत्रकारलाई मासिक तीन हजारका दरले पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको प्रेस रजिस्टारको कार्यालयले जनाएको छ । पेन्सनका लागि सरकारले १५ लाख बजेट छुट्याइएको छ ।   

दुर्घटनामा मृत्यु भएका पत्रकारलाई ५० हजार   

null

त्यस्तै, दुर्घटनामा मृत्यु भएका पत्रकारलाई ५० हजार आर्थिक सहायता दिने कार्यविधिसमेत पारित भएको प्रेस रजिस्टार रेवती सापकोटाले जनाएका छन् । उनले भने, ‘दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई ३० हजार दिने र क्यान्सर तथा मिर्गौला रोगबाट पीडित पत्रकारलाई ७५ हजारसम्म सहयोग गर्ने योजना सरकारले अगाडि सारेको छ, सुत्केरी पत्रकारलाई प्रोत्साहनस्वरुप ३० हजारका दरले चार वटा फेलोसिप दिने योजना पनि प्रदेश सरकारको छ ।’ प्रेस रजिस्टारको कार्यालयबाट हालसम्म करिब १०० पत्रकारले परिचयपत्रसमेत प्राप्त गरेको बताइएको छ ।   

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले पत्रकारको हकहितका लागि कानून निर्माणका साथै विभिन्न कार्यक्रम ल्याएको जानकारी दिए ।   

प्रदेश सरकारले पत्रकार कल्याणकरी कोषको स्थापना गर्ने तयारी गरेको उल्लेख गर्दै उनले आफू श्रमजीवी पत्रकारका पक्षमा उभिएको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *