एकैदिन २५ सय सवारी चालकमाथि कारबाही
मकालु खबर
२०७६ फागुन ५ गते
फागुन ५, काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ट्राफिक नियम उलंघन गर्ने २५ सयभन्दा बढी चालक कारबाहीमा परेका छन् । आइतबार एकै दिन ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५ सय ६५ चालक कारबाहीमा परेका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार फुटपाथमा पार्किङ गर्ने २ सय ३९, लेन मिचेर चलाउने १ सय ६३, मादक पदार्थ सेवन गरी चलाउने ८१, जेब्राक्रसमा रोक्ने ४७, अनावश्यक अवस्थामा पनि हर्न बजाउने ६२ जनालाई कारबाही गरिएकोहो ।
आइतबार उपत्यकामा ३० वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा परी १ जनाको मृत्यु र ३० जना सामान्य घाइते भएको महाशाखाले जनाएको छ ।
मकालु खबर
२०७६ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित