एनएमबिको १६४ औंँ शाखा रोल्पाको माडीमा

फागुन १५, काठमाडौँ ।  एनएमबि बैंकले रोल्पाको माडीमा आफ्नो १६४ औं शाखा संचालनमा ल्याएको छ । उर्जा मन्त्री वर्षमान पुन र पवन कुमार गोल्याण, अध्यक्ष, एनएमबि बैंकले संयुक्त रुपमा बिहिबार माडीमा बैंकको नयाँ शाखाको उद्घाटन गरे ।   

२४ बर्ष देखि ग्राहक सेवामा समर्पित एनएमबि बैंकले आफ्नो नविनतम् सेवा तथा सुविधाहरु द्वारा ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ यस शाखा संचालनमा ल्याएको हाे । 

बैंकले हाल देशभरि छरिएर रहेका आफ्ना १६४ शाखा सञ्जाल, १३१ वटा एटिएमहरु लगायत अन्य बैकल्पिक वितरण प्रणालीे समेतको माध्यमबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *