अजिताको हत्यामा संलग्न ५ पक्राउ, हराएको मोबाइलले पत्ता लगायो हत्यारा

माघ २१, मकवानपुर । गत माघ ४ गते हत्या गरिएको अवस्थामा भेटिएकी हेटौंडा–११ कि अजिता भुजेलको हत्यामा संलग्न ७ मध्ये ५ आरोपीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ कि २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा छन् । घटनामा संलग्न भनिएका २ जना भने अझै फरार छन् । 

अजिताको हराएको मोबाइल बुद्ध लामाले आशिषलाई दिएका थिए । आशिषले आफ्नी श्रीमती एलिसालाई दिएको र साेही माेबाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो । 

यही माघ ४ गते बिहान हेटौंडा उपमहानगरपालिका–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो । 

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार, यौन सम्पर्कपश्चात् पैसाको विषयमा कुरा नमिल्दा भुजेलको हत्या गरिएको अनुसन्धानबाट खुल्नमा आएको छ । 

प्रहरीका अनुसार अजिताको हत्यापछि शव ट्रकमै राखेर क्याम्पाडाँडामा लगेर  फालेको उनीहरुले बयान दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *