प्रधानाध्यापकको कुटाइबाट कक्षा ८ मा अध्ययनरत छात्रा घाइते

माघ २९,  तनहुँ । प्रधानाध्यापकको कुटाइबाट तनहुँको व्यास नगरपालिका–९ गजौँडेस्थित माहिन्द्री माविमा कक्षा ८ मा अध्ययनरत छात्रा घाइते भएकी छन् ।   

मंगलबार विद्यालय समयमा प्रधानाध्यापक प्रकाश काफ्लेको कुटाइबाट  छात्रा निर्जला ढकाल घाइते भएकी हुन्।   

काफ्लेले छात्राको कानमा पर्ने गरी कुट्दा कानमा असर परेको उनका हजुरवुवा उदयवंश न्यौपानेले बताएका छन् ।   

दिउँसो खाजा खाने बेलामा आफू साथीसँग विद्यालयको कम्पाउन्डभन्दा बाहिर गएको भन्दै प्रअले कक्षामा आएर कानमा हान्दा कान दुखेको निर्जलाले बताइन्।   

उनको बुधबार दमौलीको रत्नहरि अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि पोखरा लगिएको हजुरबुवा न्यौपानेले बताएका छन् ।   

प्रअ काफ्लेले आफूले सामान्य कुटपिट गरेको भन्दै आफूबाट गल्ती भएको स्वीकारसमेत गरेका छन्। 

छात्राको कान दुखेको बारेमा आफूलाई जानकारी गराएपछि आफैँले उपचारको लागि लिएर अस्पताल आएको काफ्लेले  बताए। 

चितवन घर भएकी निर्जला यही शैक्षिक सत्रबाट गजौँडेमा मामा घरमा बसेर माहेन्द्रि माविमा अध्ययन गर्दै आएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *