कलङकीको अन्डरपासमा टिपरले मोटरसाईकललाई ठक्कर दियो, दुईको मृत्यु

माघ २३, काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित अन्डरपास सडकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।   

दुर्घटनामा मोटरसाइकल चालक रौतहट कथहरिया गाउँपालिका–४ निवासी १९ वर्षीय राकेशकुमार चौधरी र सोही मोटरसाइकलमा सवार सोही गाउँपालिका–७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।   

मोटरसाइकललाई टिप्परले ठक्कर दिएको र उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।   

Image result for accident

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *