आज उपत्यकाका यी स्थानमा ९ घण्टा बत्ती जान्छ

माघ १८, काठमाडौं । आज शनिबार उपत्यकाका विभिन्न ठाउँमा ९ घण्टा बत्ती जाने भएको छ । चक्रपथ विस्तार कार्यका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएकोले महाराजग‌ञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन जोडिएका ठाउँमा बत्ती जाने छ ।   

बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म बत्ती शट डाउन हुने लिमिटेडले जनाएको छ । यस फिडर अन्तर्गत बसुन्धरा, सामाखुशी चोक, रानीबारी, गो‌ंँगबु चोक, टोखा रोड हुँदै ग्राण्डी अस्पताल लगायतका क्षेत्रहरुमा बत्ती जाने भएको छ  । 

लिमिटेडले काम निर्धारित समय अवागै सकिएको खण्डमा भने ४ बजेभन्दा अगाडि नै बत्ती आउनसक्ने जनाएको छ ।  

null

यसैगरी शनिबार बिहान ललितपुरका केही ठाउँमा लाेड शेडिङ हुने भएकाे छ ।  

पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरण गरिएकाे ११ केभी  लाइनमा सेक्सनलाइजर राख्ने तथा जम्परहरु मर्मत गरेर फिडर सुधार गर्नुपर्ने भएकोले शनिबार बिहान एघार बजेदेखि बेलुकी पाँच बजेसम्म जम्मा ६ घण्टा बत्ती निभाइने छ ।                                                     

पुल्चोक फिडर अन्तर्गत बल्खु, सानेपा साँचल, सानेपा चोक, प्रधानसेनापति निवास, झम्सीखेल चोक, सीजी कार्यालय एरियालगायतका क्षेत्रहरुमा बत्ती काटिने  नेपाल विद्युत प्राधिकरण पुल्चोक वितरण केन्द्रले जनाएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *