तेस्रो पटक दिल्ली मुख्यमन्त्रीको सपथ लिँदै केजरीवाल

फागुन ४, काठमाडौं । आम आदमी पार्टी (आप)का प्रमुख अरविन्द केजरीवालले तेस्रोपटक मुख्यमन्त्री पदको सपथ लिँदैछन् । दिल्ली विधानसभामा शानदार जित हासिल गरेपछि केजरीवाल आइतबार तेस्रोपटक दिल्लीको मुख्यमन्त्रीको शपथ लिन लागेका हुन् ।   

शपथ ग्रहण समारोह दिल्लीको रामलिला मैदानमा हुनेछ । केजरीवाललाई उपराज्यपाल अनिल बैजलले सपथ दिलाउनेछन् । पहिलोपटक डिसेम्बर २०१३ र दोस्रोपटक फेब्रुअरी २०१५ मा पनि केजरीवालले यही मैदानमा मुख्यमन्त्रीको सपथ लिएका थिए ।   

केजरीवालले शपथ ग्रहण समारोहका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिएका छन् । यस्तै दिल्लीका सातै सांसद, सबै निगम पार्षद, भाजपा तथा कांग्रेसका प्रदेश अध्यक्षलाई पनि निमन्त्रणा दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *