अब पाउँनेछन् एन आई सी बैंकका ग्राहकले Wall Climbing मा विशेष छुट

फागुन १६, काठमाडौँ ।  एन आई सी एशिया बैंक लिमिटेड र Astrek Climbing Wall Pvt. Ltd.  बीच छुट सम्बन्धी सम्झौता भएको छ ।   

यस बैंक र  Astrek Climbing Wall Pvt. Ltd.  बीच यस बैंकका ग्राहक एवं बैंकका कर्मचारीहरूलाई सो कम्पनीले दिने सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।   

 उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकको बागमती प्रदेश डिजिटल सेल्स प्रमुख  श्याम लामिछाने र  कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरे । 

IMG-20200227-WA0034.jpg

सम्झौतापत्र अनुसार यस बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरि ठमेलमा रहेको Wall Climbing  कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३०% छुट हुनेछ । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारी अनुसार ५०% छुट हुनेछ ।  

उक्त छुट सुविधा १ वर्षसम्म लागू हुनेछ । यो समझदारीले यस खेलमा रमाउन चाहनुहुने सबैका लागि लाभदायी हुने बैंकले विश्वास लिएको छ । बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रर्वधन गर्दै आइरहेकोमा बैंकका ग्राहकको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो । 

बैंककाे डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट बिभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहकले सजिलै प्राप्त गर्न सक्नेछन् । ग्राहकले मर्चेन्टहरूको बारेमा विस्तृत जानकारी प्राप्त गर्न यस बैंकको वेबसाइट www.nicasiabank.com मा हेर्न सक्नेछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *