सिटिजन्स बैंकद्वारा श्री राष्ट्रिय आधारभूत विद्यालयलाई आर्थिक सहयोग

फागुन १४, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिवास नगरपालिकाको वार्ड नं ३, भब्सी, महोत्तरी स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय भब्सीलाई आर्थिक सहयोग गरेको छ ।   

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस बैंकले विद्यालयलाई बुधबार ८०,००० को आर्थिक सहयोग प्रदान गरेको हो ।   

 विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएकाे छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवास चोकबाट करिव ५ कि.मि. उत्तरतर्फ अवस्थित यस विद्यालयले स्थापनाकाल देखिनै त्यस क्षेत्रभित्रका विशेषत जनजाती, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाइ ज्ञानको ज्योति छर्दै आएको छ । सामजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरि वितरण गर्ने कुरा जनाएको छ । 

 नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *