सन्तानलाई एक छाक खुवाउन आफ्नो कपाल बेच्ने आमाको कथा
फागुन ४, काठमाडौं । तमिलनाडुको सेलम जिल्लाकी ३१ वर्षीया प्रेमा सेल्वमको कथा कठिनाइहरूले घेरिएपछिको आशा जगाउने कथा छ ।
पहिलो कुरा उनको कठिनाइको जसको अनुमान तब हुन्छ जब उनी बताउँछिन्– ‘सात वर्षको मेरो छोराले स्कूलबाट फर्किएपछि खाना माग्यो । ऊ भोकले रुन लाग्यो ।’
तर उनीसँग खुवाउनका लागि केही थिएन र उनी एकदमै असहाय महशुष गरिरहेकी थिइन् ।
यो तीन जनवरी, शुक्रबारको कुरा हो । उनले खाना बनाएकी थिइनन् किनकी घरमा राशन थिएन । प्रेमाले भनिन्– ‘मसँग केही थिएन । यसले मलाई निकै चोट पुर्याएको थियो । दिल टुटेको थियो ।
म सोचिरहेको थिएँ कि जब म मेरा बच्चाहरूलाई खुवाउन सक्दिन भने यो जीवनको के अर्थ ?’
प्रेमासँग केही सम्पत्ति थिएन न त गरगहना नै थियो । न कुनै महंगो सामान नै थियो जसलाई उनी पैसाका लागि बेच्न सक्थिन् । प्रेमाले भनिन्– ‘मसँग १० रुपैयाँ पनि थिएन । घरमा केवल प्लास्टिकका केही बाल्टिनहरु मात्रै थिए ।’
यसैबीच उनलाई यस्तो महशुष भयो कि उनीसँग त्यस्तो केही छ जसलाई बेच्न सकिन्छ । प्रेमा भन्छिन्– ‘मलाई एक यस्तो पसलको याद आयो जहाँ कपाल किनिन्छ । म त्यहाँ गएँ र आफ्नो टाउकोको सबै कपाल बेचिदिएँ । यसबाट मलाई १५० रुपैयाँ मिल्यो ।’
मानिसको कपालको कारोबार संसारभरी हुन्छ र भारत यसको प्रमुख निर्यातक हो । यसैलाई नै कृत्रिम कपाल बनाइन्छ । केही हिन्दू श्रद्धालु आफ्नो भाकल पुरा भएपछि आफ्नो कपाल मन्दिरमा दान गर्छन् । कारोबारी यसलाई किनेर विदेशमा बेच्छन् ।
प्रेमा ईंट्टाभट्टामा आफ्नो पतिसँगै मजदुरी गर्थिन्, जहाँबाट परिवारको गुजारा चलेको थियो । उनको श्रीमानले आफ्नो भट्टा चलाउनका लागि ऋण लिएका थिए तर उनले भट्टा चलाउन पाएनन् । कमाई नभएका कारण ऋणले घेरिएका थिए । सात महिना पहिले उनले आफैँलाई आगो लगाएर आत्महत्या गरे ।
कपाल बेचेपछि प्रेमाले पनि आफ्नो पतिको बाटो समातिन् र आत्महत्याको कोशिस गरिन् । एक पसलमा गएर किटनाशक मागिन् तर पसलेले उनलाई गाली गरेर भगाए ।
घर फर्किएपछि प्रेमाले कुनै अर्को विकल्प सोचिन् । उनले विषालु विरुवाको बीज ल्याएर पिन्न थालिन् । त्यही समय एक छिमेकी बहिनी उनको घर आईन्, र प्रेमाको उक्त कार्य रोकिन् ।
प्रेमाले भनिन् कि श्रीमानले लिएको ऋणले उनी टुटेकी थिइन् । त्यसको केही दिनपछि अनपेक्षित रुपमा उनलाई एउटा सहयोग मिल्यो।
प्रेमाको त्यस्तो अवस्थाबारे बाला मुरुगनले आफ्ना एक साथीबाट थाहा पाए जो त्यही क्षेत्रमा एउटा इँटाभट्टा चलाउँछन्।
प्रेमाको अवस्था सुन्ने बितिक्कै मुरुगनले आफ्नो परिवारले गुजारेका कठिन दिनहरू सम्झिए।
गरिबीले मानिसलाई कुन हदसम्म पुर्याउँछ भन्ने मुरुगनले १० वर्षकै उमेरमा थाहा पाएका थिए। त्यतिबेला उनको परिवारमा पनि खानका लागि केही थिएन।
मुरुगनले सेल्भमलाई भेटेर आफ्नो सङ्घर्षका कथा सुनाए र आशा नमार्न सुझाए । आफ्ना साथी प्रभू र उनले मिलेर प्रेमालाई खानेकुरा किन्न केही पैसा दिए।
‘एक दिनमा मैले एक लाख २० हजार भारतीय रुपैयाँ प्राप्त गरेँ । यो कुरा जब मैले प्रेमा सेल्भमलाई भनेँ उनी निकै खुसी भइन् र यति रकमले त आफ्नो धेरैजसो ऋण तिर्न पुग्ने बताइन्’, उनले भने ।
तर प्रेमा सेल्भमको अनुरोधमा त्यसरी पैसा उठाउने काम रोकियो ।
‘उनले आफू काममा फर्किएर बाँकी पैसा तिर्छु भनिन्,’ मुरुगनले व्याख्या गरे ।
सेल्भमले छुट्टाछुट्टै साहुलाई गरी अहिले महिनामा ७०० रुपैयाँ तिर्नुपर्छ ।
जिल्लाका अधिकारीहरूले उनलाई दुध बेच्ने काम व्यवस्था गरिदिने वाचा गरेका छन् । उनको अवस्था विस्तारै सुध्रिदै छ ।