एनएमबी बैंकद्वारा सिराहामा ‘प्रोजेक्ट स्वरोजगार’ मा सहभागिताको लागि आह्वान
फागुन ९, काठमाडौँ । एनएमबी बैंकले दीगो बिकासको लागी दीर्घकालिन उद्घेश्यको साथ ‘प्रोजेक्ट स्वरोजगार’ मा सहभागिताको लागि आबेदन आह्वान गरेको छ ।
यस बैंकले सामाजिक उत्तरदायीत्व पुरा गदैँ ग्लोकल प्रा.लि.को साझेदारीमा ‘प्रोजेक्ट स्वरोजगार’ को परियोजना ल्याएको हो । ४ दिने सम्म चल्ने यस तालिममा सिरहा ५० जना व्यक्तिले निःशुल्क रुपमा यस तालिममा सहभागी हुन पाउँनेछन् ।
तालिमको लागि उद्यमी संलग्नता, रुचि र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्य नजर गरी सहभागीको छनौट गरिनेछ । कार्यक्रममा सहभागी हुनको लागि आवेदकले २०७६ फाल्गुन २७ गते सम्म फारम भर्न सक्नेछन् ।
तालिम लिन ईच्छुक व्यक्तिले फारम भरी स्थानीय एनएमबि बैंक शाखामा र अन्य सरोकारवालाको कार्यालयमा पेश गर्न सक्नेछन्।
तालिममा सहभागी हुन निम्न कुराको आवश्यक
क) सहभागीको उमेर १८ वर्ष पुगेर ४० वर्ष ननाघेको हुनुपर्ने (२०७६ चैत्र ८ गतेसम्म) ।
ख) सहभागी सिरहा जिल्ला निवासी हुनुपर्ने ।
ग) सहभागी उत्कृष्ट तथा फरक व्यावसायिक दृष्टिकोण सहित प्रस्तुत हुनुपर्ने वा क्षमता विकास गर्न सकिने सम्भावना भएको व्यावसायमा आबद्ध भएको हुनुपर्ने ।
घ) सहभागी २०७६ चैत्र ५ गतेदेखि ८ गतेसम्म कार्यक्रमका लागि दिन भर उपलब्ध हुनुपर्ने ।