जर्मनीको हनाऊ शहरमा गोलीबारी हुँदा ८ को मृत्यु, पाँच घाइते

फागुन ८, काठमाडौँ । बुधबार राती जर्मनीको हनाऊ शहरकाे दुई स्थानमा गोलीबारी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने  पाँचजना घाइते भएका छन् ।   

स्थानीय समयानुसार राती १० बजे को समयमा अज्ञात बन्दुकधारी समूहले उक्त घटना गराएको हो ।   

स्थानीय जर्मन सञ्चारमाध्यम हेसेनशाउका अनुसार पहिलो गोलीबारीको तीनजना मारिएको र दोस्रो गोलीबारीमा पाँचजना मारिएको थियो ।  हमलाकर्ताले गोलीबारी गरेर फरार रहेको  जर्मन पत्रिका बिल्डकले  जानकारी गराएको छ ।   

हमलाकर्ताको के उद्देश्यले यस्तो घटना घटाएको अहिले सम्म पुष्टि हुन नसकेको पुलिसले बीबीसीलाई दिएको जानकारी दिएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *