भण्डारा डेरीको नवनिर्वाचित समितिको सपथ ग्रहण

माघ २७ चितवन ।  भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सोमवार सपथ ग्रहण गराईएको छ ।   

निर्वाचन समितिले एक कार्यक्रमको आयोजना गरि कार्यसमितिका अध्यक्ष डिल्ली प्रसाद थपलियासहितपदाधिकारी र सदस्यहरु,लेखा समिति संयोजक र सदस्यहरु तथा पशुधन सुरक्षण समितिका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराईएको हो ।   

निर्वाचन उपसमिति संयोजक एवंम् राप्ती नगरपालिका पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारीले उनीहरुलाई सपथ ग्रहण गराए ।   

सोमबारनै उनीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।   

राप्ती नगरपालिका प्रमुख प्रभा वरालले प्रमाणपत्र वितरण,उपप्रमुख इमानसिंह लामाले दोसल्ला ओढाउनुका साथै प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले टिका लगाई दिएका थिए ।   

सो अवसरमा संस्थाका नवनिर्वाचित थपलियाले संस्थामा निर्वाचनबाट मिश्रित नजिता आएपनि सवैको प्रतिवद्धता अनुसार कृषकमैत्री काम गर्ने प्रतिवद्धता जनाए ।   

निर्वाचन उपसमिति संयोजक भण्डारीको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा राप्ती–६ का वडाध्यक्ष जल्लु महतो, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार कडेंल, नेकपाका सिताराम वल,नेपाली काग्रेशका महेश्वर थपलिया, शहिद वलराम दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल भुषाल, निर्वाचन उपसमितिका सदस्यहरु पूर्ण वहादुर थापा,खिलकान्त रुवाली लगायतले मन्तव्य राखेका थिए ।   

यही माघ २५ गते भएको संस्थाको छैटौ अधिवेशनबाट थपलियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति,लेखा समिति र पशुधन सुरक्षण समिति चयन भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *