सिरहाका सडक डिभिजन प्रमुख साहविरुद्ध तीनलाख विगोसहित भ्रष्टाचार मुद्दा

माघ २१, काठमाडौं । सडक डिभिजन कार्यालय लाहान सिरहाका निमित्त डिभिजन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विन्दा साह भनिने विनोद साह विरुद्ध तीन लाख विगोसहित विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।   

साहले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस/रिसवत माग गरेको अख्तियारको दाबी छ ।   

null

आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज साहलाई सेवाग्राहीबाट तीन लाख घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको बताएको छ ।   

अनुसन्धानको सिलसिलामा साहले सडक निर्माण कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानी समेतका काम गरिदिएबापत तीन लाख घुस/रिसवत लिएको देखिएको छ ।   

प्रमुख साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स–प्रमाण पुष्टि हुन आएकोले बिगो तीन लाख कायम गरी भ्रटाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को (घ) बमोजिम जरिवाना र कैद सजाय हुने गरी मुदा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *