सुनको भाउ स्थिर, चाँदीको घट्यो

माघ २०, काठमाडौँ ।  साताको दोस्रो दिन आज सोमबार सुनको भाउ स्थिर रहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।   

आईतबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी महासंघका अनुसार आईतबार  ७६ हजार २ सय रुपैयाँले कारोबार भएको तेजावी सुन पनि आज सोही मूल्य यथावत् रहेको छ ।   

Image result for आज सुनको भाउ स्थिर

सोमबार  चाँदीको भाउमा भने तोलामा  ५ रुपैयाँ घटेको महासंघले जनाएको छ । महासंघका अनुसार  आईतबार  प्रतितोला ८ सय ९५ रुपैयाँले कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ९० रुपैयाँले कारोबार भईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *