हिमपहिरोका कारण अफगानिस्तानमा सात जनाको मृत्यु

फागुन १, काबुल । अफगानिस्तानमा हिम पहिरोमा परी सात जनाको मृत्यु भएको छ । दायकुन्डी प्रान्तस्थित हिम पहिरोका कारण एकै परिवारका चारसहित सात जनाको मृत्यु भएको हो ।   

पहिरोमा परी मृत्यु हुनेमा चारजना एकै परिवारका छन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार सोही परिवारका एकजनाको भने उद्धार गरिएको छ । पहिरोमा दुईजना वेपत्ता छन् । 

null

सोही क्षेत्रमा अर्को हिमपहिरोमा परी तीनजनाको मृत्यु भएको हो । 

राजधानी काबुलबाट २ सय ९० किलोमिटर टाढा पर्ने एक गाउँमा बुधबार राति हिमपहिरो गएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *