प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दियो, चार असईसहित ६ जना घाइते

फागुन ११, काठमाडौं । पूर्व-पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ६ जना घाइते भएका छन् । बिहान पथलैयातर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले ठक्कर दिँदा ४ असईसहित ६ जना घाइते भएका हुन् । 

उक्त दुर्घटनामा परी सीमा प्रहरी चौकी मठियामा कार्यरत असइ गोबिन्द यादव, गौर बसपार्कमा कार्यरत असइ मनोज सिह, औरैयामा कार्यरत असइ बिश्वनाथ प्रसाद यादव, बेलबिछवामा कार्यरत असइ हृदय प्रसाद यादव र भ्यान चालक जवान सरोज यादव घाइते भएका छन् । उनीहरु पथलैयामा नेपाल प्रहरीका संगठन प्रमुख आइजिपी ठाकुर प्रसाद ज्ञावालीको ब्रिफिङ् कार्यक्रममा सहभागी हुन जाँदै थिए ।   

दुर्घटनामा गम्भीर घाइते भएका असई मनोज सिंह र गोविन्द यादवलाई चन्द्रनिगाहपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइँदै छ । भ्यानलाइ ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणम रहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *