घुस लिने र दिने दुवै पक्राउ
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ माघ २० गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
माघ २०, काठमाडौ । काठमाडौंस्थित यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङ स्वयम्भुमा कार्यरत अधिकृत र एक सेवाग्राही पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले आइतबार अधिकृत शिवलाल पौडेल र सेवाग्राही दिपक खतिवडालाई १३ हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
अधिकृत पौडेललाई सेवाग्राही खतिवडाले घुस दिइरहेको अवस्थामा रंगेहात लिने र दिने दुवैलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
सवारी कर र प्रदुषणबापतको रकम तिर्नका लागि खतिवडाले घुस दिएको अख्तियारको अनुसन्धानमा खुलेको छ । दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित